आइतबार, असार १५, २०८२

थपिए १८ संक्रमित, २५ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख ९ गते १७:३५

काठमाडौं । नेपालमा चाैबीस घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार १३३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ०९ जना र १ हजार ५१८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ०९ नै जना गरी जम्मा १८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ४८१ पुगेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया