निर्माण व्यवसायीहरु आन्दोलित, आइतबारदेखि अत्यावश्यक बाहेकका निर्माण कार्य बन्द

नेपालखोज २०७९ वैशाख ९ गते १९:४४

काठमाडौं । निर्माण व्यवसायीहरुले आउँदा आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका छन् ।

विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासितरुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका हुन् ।

आज काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटक९पटक आग्रह गर्दा मेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामाग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्मणको गतिविधि गर्नु पर्ने समयमा गति बढाउन नसेको बताए । उनले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न माग समेत गरे ।

त्यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालय र ७ वदै प्रदेश महासंघहरुले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घण्डा धर्ना गर्ने पनि जानकारी दिएका छन् । महासंघले बिहीबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पनि एक घण्टा धर्ना दिएका थिए ।

निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिदे नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा, बिमा निर्देशिका २०७८ का प्रवाधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया