जनताबाट टाढा बनाउन गठबन्धनले भ्रममा पारिरहेको छ: अध्यक्ष ओली

नेपालखोज २०७९ वैशाख ९ गते १९:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रममा पारिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा आज ललितपुरमा एमालेले आयोजना गरेको नयाँ पार्टी कार्यालयको उद्घाटन, घोषणा–पत्र सार्वजनिक तथा कम्युनिष्ट योद्धा सम्मान कार्यक्रममा ओलीले आफूले गरेका भ्रष्टाचार, अनियमितता लगायतका कामहरुको दोष लगाएर एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धन भ्रम छरिरहेको बताएका हुन्।

उनले जति नै भ्रम फैलाएपनि अब तीन तहको सरकारमा एमाले आउने दाबी गरेका छन् । त्यस्तै ओलीले मुलुकमा विकासको लहरलाई अघि बढाउनका लािग पनि तीनै तहको चुनावमा एमालेलाई जिताउनुपर्ने धारणा राखे । सरकारले सुरु गरेको बिकासका आयोजनाहरुलाई वर्तमान सरकारले अलपत्र पारेको समेत उनले आरोप लगाएका छन् ।

उनले एमाले जनताको मनमा बसेको पार्टी भएको भन्दै एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए । उनले ९१ सालमा स्थापना भएको प्रज्ञा परिषद्को उतराधिकारी पनि एमाले नै भएको बताए । उनले पवित्र मनका साथ देशभक्तीको भावना अनुरुप घोषणा पत्रमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया