बिहीबार, चैत १५, २०८०

ब्लकबस्टर फिल्म दिएर पनि किन चलेनन् यी नायिका…

नेपालखोज २०७९ वैशाख १० गते १३:१०

काठमाडौं । बलिउडमा प्रवेशका लागि जो कसैले ठूलै सघर्ष गर्नुपर्छ । बलिउडमा प्रवेश पाए पनि त्यहाँ सर्भाइभ गर्न अझ मुस्किल छ । हेरौं केही यस्तै अभिनेत्रीको कथा जसको बलिउड प्रवेश त धमाकेदार र सफल रह्यो तर उनीहरु त्यो सफलतालाई निरन्तरता दिँदै बलिउडमा टिकिरहन भने सकेनन् ।

सलमान खानको फिल्म तेरे नाम मा सोझी युवतीको भूमिका निर्वाह गर्ने भूमिका चावलालाई धेरैले बिर्सिएका छैनन् । तेरे नामपछि भूमिकाले रन तथा दिल ने जिसे अपना कहाजस्ता फिल्ममा पनि काम गरिन् तर उनी बलिउडमा टिकिरहन सकिनन् ।

रक अन, वन्स अपन ए टाइम तथा बोल बच्चन आदि फिल्ममा काम गरे पछि प्राची देशाईले बलिउडलाई अलबिदा भनिन् ।

तनुश्री दत्ताले आशिक बनाया आपनेपछि पनि थुप्रै फिल्ममा काम गरिन् । उनी बीचमा फिल्मी संसारबाट हराएजस्तै भइन् तर जब उनी फर्किइन् चलचित्रमा होइन यौन शोषणको आफ्नो बयानमार्फत ।

आमिर खान र ग्रेसी सिंहको अभिनय धेरैको सम्झनामा ताजै छ । त्यसपछि ग्रेसी सिंहले मुन्नाभाइ एमबीबीएस तथा गंगाजलजस्ता फिल्ममा काम गरिन् । यद्यपि अहिले उनि कहाँछिन् कसैलाई थाहा छैन ।

अनु अग्रवालले आशिकीबाट बलिउडमा कदम राखेकी थिइन् । त्यो फिल्म ब्लक बस्टर साबित भएको थियो । १९९९ मा अनु एउटा दुर्घटनामा परिन् र त्यसपछि चलचित्रमा फर्कन सकिनन् ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया