बिहीबार, वैशाख १३, २०८१

‘भोग अवार्ड’मा मलाइकाको हट अवतार

नेपालखोज २०७६ असोज ९ गते १८:१८

९ असोज २०७६, काठमाडौँ । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए ।
म्यारिट होटलमा आयोजित अवार्ड समारोहको रेड कार्पेटमा बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे ।

यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै र दमदार देखियो । सेतो पहिरनमा निकै नै हट बनेर पुगेकी मलाइकाले माहोल नै आफूतिर खिच्न सफल भईन् ।

मलाइका अरोरा खानको हट अवतार र उनको पहिरनको अहिले सामाजिक संजालमा समेत खुबै प्रशंसा भैरहेको छ । अवार्ड समारोहमा नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायतका बलिउडकर्मी उपस्थित थिए ।

प्रतिक्रिया