एमाले सचिवालय बैठक बस्दै, काठमाडौं, पोखरा र विराटनगरमा उम्मेदवारको रस्साकस्सी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो।
स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो । बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने सचिवालयले जनाएको छ । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने एमालेको वैधानिक व्यवस्था छ ।
६ वटा महानगरपालिकामध्ये ललितपुरमा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ७ वटा प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेका नाम पढेर सुनाएका थिए । काठमाडौं, पोखरा, विराटनगर महानगर र उपमहानगर लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्न बैठक बस्न लागको हो।
आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ।

प्रतिक्रिया