सोमबार, असार १६, २०८२

थपिए १८ संक्रमित, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख १० गते १६:४६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ६९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार २५६ जनाको एन्टीजेनबाट परीक्षण गर्दा कसैमा संक्रमण देखिएको छैन् । नेपालमा हाल जम्मा २८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ४९८ पुगेको छ ।

नेपालमा संक्रमण निको हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ४८ हजार ७८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया