मौलिक जरोकिलोको चुनावी संकल्पपत्र : ‘एक घर, एक कम्प्युटरदेखि जंक फुड नियन्त्रण गर्नेसम्मको कार्यक्रम’

काठमाडौं । मौलिक जरोकिलो पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले चुनावी संकल्प पत्र र पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।
गत पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र कर्मचारीले गरेको सम्पूर्ण आर्थिक अनियमितताको छानबिन गरि दोषीबाट क्षतिपूर्ति असुलउपर गरिनेसम्मका कार्यक्रम उक्त संकल्पत्रमा समावेश गरिएको छ । रोजगारी एवं उद्यमशिलताको पवर्द्धन गर्न प्रत्येक पालिकामा एक विशेष उत्पादनको कार्यक्रम र अनुसन्धान, आविष्कार र नवाचार (ईनोभेसन) को क्षेत्रमा युवालाई सहजीकरण गर्न प्रत्येक पालिकामा एउटा आविष्कार केन्द्रको स्थापना गरिने कार्यक्रमसमेत पार्टीले अघि सारेको छ ।

त्यस्तै विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको परिवारलाई निःशुल्क कम्प्युटर प्रदान गर्न पार्टीले ‘एक घर, एक कम्प्युटर’ कार्यक्रम पनि ल्याएको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सुविधा उपलब्ध गराउने, वृद्धभत्ता घरघरमै उपलब्ध गराउने र पञ्जिकरण तथ्यांक घरबाटै संकलन गरिने भन्दै उक्त पार्टीले घरमै स्वावृत कार्यक्रम ल्याएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष सुशिल गौतमले यो देशमा दुई चार वटा मेयर, सांसद् र मन्त्री पद खान आफुहरु राजनीतिमा नआएको स्पष्ट पारेका थिए । उनले मौलिक जरोकिलो पार्टी सम्रग राष्ट्रको पूर्ण प्रतिमाण परिवर्तनको लागि खडा भएको दाबी गरे । नेपालका राजनीतिक दलले सत्ता र शक्तिको लागि गठबन्धन गरेको आरोप लगाउदै उनले नेपालका राजनीतिक दललाई कपुतन्त्रको संज्ञा दिए । साथै, आफ्नो पार्टीले वैचारक जित निकालिसकेको उनको दाबी थियो ।

त्यस्तै, पार्टीका प्रवक्ता प्रकाश श्रेष्ठले आफ्नो पार्टी देशकै अग्रणी शक्ति बन्ने बताए । उनले नेपालको मौलिक रैथाने शक्ति झिल्काको रुपमा अगाडि बढेको बताए । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट सबै तहमा उम्मेद्धवारी दिईने पनि बताए । उनले अहिलेसम्म पाँच महानगर, चार उपमहानगर, १८ नगरपालिका, चार गाउँपालिका र विभिन्न वडामा स्थानीय तहमा उम्मेद्वारी दिएको जानकारी दिए ।

त्यस्तै, पार्टीका उपाध्यक्ष बलराम प्रजापतिले संकल्पपत्रबारे प्रकाश पारेका थिए । नेपाली जनताले नेपालको मौलिकतामा आधारित रहेको शक्तिलाई चुन्ने पहिलो अवसर पाएको भन्दै स्थानीय तहमा आफ्नो दलका उम्मेद्धवारलाई विजयी बनाउन आग्रह गरे । नेपालको शिक्षा, स्वास्थ्य, आर्थिक र राजनीतिक सबै क्षेत्र संकटमा रहेको भन्दै देशलाई सहज अवस्थामा पुर्याउन पनि आफूहरुले काम गर्ने उनको भनाई थियो ।

उक्त पार्टीले स्थानीय तहमा गने कामहरुको विवरणपनि सार्वजनिक गरेको छ । उसले सुशासनदेखि सामाजिक न्यायको क्षेत्रमा गर्ने कामको फेहरिस्त सार्वजनिक गरेको छ । पार्टीको मूल उद्देश्य कपूतन्त्रका कारणले परेको संकटै संकटको संक्रमणबाट नेपालालई मुक्त गराउने, नेपाललाई मानव विकास, आधारभूत संरचनागत विकास, विज्ञान प्रविधिआदिका मानकबाट विश्वका विकसित देशहरुको समूहमा पुर्याउने अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवम् केन्द्र बनाउने रहेको छ ।

प्रतिक्रिया