‘दलको चिह्न लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पारेका छन् ।
आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिह्न लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने प्रष्टयाए ।
तर, स्वतन्त्र चिह्न लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनिहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले स्मरण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलबाट निर्वाचित जनप्रतिनिधिले सो दल त्याग गरेमा वा त्यो दलले गर्नुपर्ने भन्दा विपरित काम गरेमा त्यो दलको केन्द्रिय कमिटीले हटाउनका लागि निवेदन दिएमा १५ दिनभित्र सो पद रिक्त रहेको घोषणा गर्ने अधिकार आयोगलाई रहेको पनि बताए ।
उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरण सम्पन्न गराउने काममा आम सञ्चार माध्यामले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आयोग विश्वस्त रहेको पनि पटक-पटक दोहोर्याए ।

प्रतिक्रिया