आईपीएलमा बैंग्लाेर हैदरावादसँग ९ विकेटले पराजित

नेपालखोज २०७९ वैशाख ११ गते ६:४६

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर पराजित भएकाे छ । मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले १६.१ ओभरमा ६८ रनमात्रै बनाउन सक्यो । बैंग्लोरका लागि सुयश प्रभुदेसाईले सर्वाधिक १५ रन ब नाउँदा हैदरावादका लागि टी नटराजन यानसेनले तीन तीन विकेट लिए ।

जितसँगै हैदराबादले ७ खेलमा १० अङ्क जोडेको छ । हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरको ८ खेलमा १० अङ्क छ । बेङ्ग्लाेर चौथो स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटन्स् शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया