रुस-युक्रेन युद्धको तेस्रो महिना, कहाँ पुग्यो वार्ता ?

मस्को । रुस-युक्रेन युद्ध तेस्रो महिनामा प्रवेश गरेको छ । आठ साताको रुस–युक्रेन युद्धले इतिहासलाई सम्झाएको छ । यस अवधिमा रुससँगको युद्धका क्रममा युक्रेनलाई बीसौँ शताब्दीको त्रासदीपूर्ण अवस्था सम्झन बाध्य पारेको छ ।
युद्धका क्रममा हजारौँ मानिसको ज्यान गएको छ । दशौँ लाख विस्थापित भएका छन् । युक्रेनका सहरहरू भग्नावशेषमा परिणत भएका छन् ।
रुसले अतिक्रमणकारी सैनिकलाई बाल अस्पताल र गैरसैनिक लुकिरहेका एउटा नाटकघरमाथि बम प्रहार गरेपछि युद्ध अपराधको आरोप लगाइएको छ । सहरी क्षेत्र कब्जा, सामूहिक चिहान र निष्कर्षविहीन शान्तिवार्ता दोहोरिएका छन् ।
तर पनि रुसी फौजले किएभमा कब्जा जमाउन सकेको छैन ।सरकार ढाल्न विफल भएको छ । तीनमहिने युद्धका क्रममा युक्रेनी फौजले बलियो प्रतिरोध गरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देशलाई एकतामा बाँधेर उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन् । -बीबीसी
प्रतिक्रिया