लर्ड अफ ड्रिंक्स ठमेलमा पवनदिप

काठमाडौं । भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवनदिपले एलओडी ठमेलमा विशेष सांगीतिक प्रस्तुती दिने भएका छन् । पवनदिपले हिजो याक एन्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुती दिएका थिए ।
पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एवं उपस्थितीलाई नचाएका थिए । कार्यक्रम ब्यबस्थापन गरेको ३६५ इभेन्टस् एन्ड मिडियाका अनुसार आज एलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतीको सिमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेले आइएमई पे वालेट मार्फत टिकट खरिद गर्न सकिने बताए । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताए ।
आयोजकका अनुसार २५ सय र ती हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताए ।
प्रतिक्रिया