ओलीको गृहजिल्लामा एमालेका उम्मेदवारको टुंगो, तीन पालिका प्रमुखमा महिला उठ्ने

नेपालखोज २०७९ वैशाख ११ गते १५:०४

काठमाडौं । नेकपा एमाले झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुंग‍ो लगाएको छ । ३ पालिकामा भने एमालेले महिलालाई प्रमुखमा उम्मेदवार उठाउने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल चयन भएका छन् । पार्टीले विर्तामोडको प्रमुखमा पवित्रा महतरा प्रसाईंलाई प्रमुख र नगेन्द्र संग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल चयन भएका छन् । तीनै पालिकामा प्रमुख पदमा उम्मेदवार रहेका महिला उम्मेदवारले यसअघि उपप्रमुखमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेको नेकपा एमालेले बताएको छ ।

यसैगरी भद्रपुर नगरपालिकको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुखमा राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्शा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गोम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई उम्मेदवार बनाउने बनाइएको छ ।

हल्दिबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशंकर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईं, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

एमालेले कनकाई नगरका प्रमुख र उपप्रमुख नै दोहोर्‍याउने निर्णय गरेको छ । यसअघि हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष रहेका गिरीलाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको छ । मेचीनगरको प्रमुखमा उठ्न लागेका बुढाथोकी प्रदेश सांसद हुन् । उनले मेयरमा उम्मेदवारी दिँदा उपमेयरमा वर्तमान उपमेयर उप्रेतीलाई एमालेले अघि सारेको छ ।

प्रतिक्रिया