प्रुडेन्सियल इन्स्योरेन्सको २० औँ वार्षिक साधारण सभा सम्पन्न
नेपालखोज
२०७९ वैशाख ११ गते १५:३६

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट सात प्रतिशत बोनस सेयर र सुन्य दशमलव ३६ कर प्रयोजनार्थ नगद लाभांशदिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।
साविक एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ चुक्ता पूँजीबाट बोनस , सेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १८ करोड ८१ लाख ४४ हजार आठ सय १९ रुपैयाँ पुग्ने छ ।
सम्बन्धित








प्रतिक्रिया