आइपीएल २०२२ को प्लेअफ र फाइनल हुने मैदान तय, फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा हुने

काठमाडाैं । आइपीएल २०२२ को प्लेअफ र फाइनल हुने मैदान तय भएको छ । बीसीसीआईले प्लेअफ र फाइनल हुने मैदान घोषणा गरेको हो ।
बीसीसीआइका अध्यक्ष सोरभ गांगुलीले शनिबार भएको बोर्ड बैठकपछि यसको जानकारी दिएका हुन् । अब आइपीएलका प्लेअफका खेलहरु कोलकोत्ताको इडर्न गाडेन र अहम्दाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । त्यस्तै फाइनल खेल अहम्दाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
पहिलो क्वाललिफायर २४ मे र इलिमिनेटर २६ मेमा कोलकोत्ताको इडर्न गाडेनमा हुनेछ भने दोस्रो क्वालिफायर २७ मे २०२२ मा र फाइनल २९ मे २०२२ मा अहम्दाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । प्लेअफ र फाइनलमा पुरै दर्शकलाई प्रवेश दिइने छ ।
२०१९ पछि पहिलो पटक पुर्णरुपमा दर्शकसहितको प्लेअफ र फाइनल हुन लागेको हो । कोरोनाको कारण गत वर्ष पुर्ण क्षेमतामा दर्शकको उपस्थिति रहेको थिएन् ।
आइपीएल २०२२ मा शुरुवाती खेलमा २५ प्रतिशतको दर्शक उपस्थित हुन पाउनेलाई बढाएर ५० प्रतिशतसम्म पुर्याएको छ ।

प्रतिक्रिया