जेठ ७ देखि मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस हुने

काठमाडौं । पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको स्मृतिमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ महिना आयोजना हुने भएको छ ।
स्पिन इभेन्ट्स प्रालिले आज पत्रकार सम्मेलन गरेर पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन गर्ने जनाएको हो । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको अध्यक्ष सुमन शाक्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितालाई सर्बन चिपालुले मुख्य प्रायोजन गरेको छ ।
तीन दिन सम्म लैनचौर स्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छन । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले प्रतियोगिता ट्यालेन्ट हन्ट नै रहेको जानकारी गराए । जुनियर खेलाडीले राष्ट्रिय टोलीमा आओस भन्ने लक्ष्य रहेको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलसहित देशभरका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स (जुनियर यु–१८), जुनियर गल्र्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स (क्याडेड यु–१५), क्याडेट गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गल्र्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । करिब ९ लाख रुपैयाँ खर्च हुनु अनुमान गरिएको प्रतियोगितामा जुनियर ब्वाइज गल्र्स तथा क्याडेट ब्वाइज÷गल्र्स सिंगल्स प्रतिस्पर्धामा पहिलो हुनेले २० हजार रुपैयाँ , दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्ने छन । प्रतियोगितामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया