शनिबार, वैशाख १३, २०८२

मारुतीको लग्जरी गाडी एक्सएल सिक्स-२०२२

नेपालखोज २०७९ वैशाख १२ गते १४:५९

काठमाडौं । मारुती सुजुकीले आफ्नो सबैभन्दा लग्जरी गाडी नयाँ एक्सएल सिक्स-२०२२ सार्वजनिक गरेको छ । यो ६ सिटे एमपीभीको ठूलो अपडेट डुअलजेट टेक्नोलोजीका साथ १.५ लिटरको पेट्रोल इन्जिन तथा नयाँ ६-स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स अनि माइल्ड-हाइब्रिड सिस्टम हो । यसको एक्सटिरियर तथा इन्टिरियरमा पनि अनेकौं कस्मेटिक परिवर्तन गरिएका छन् ।

मारुतीले यसको अन्तर्राष्ट्रिय बजार मूल्य १८ लाख रुपैयाँदेखि २३.३० लाख रुपैयाँ तोकेको छ । नयाँ एक्सएल सिक्सको म्यानुअल भेरिएन्टको अन्तर्राष्ट्रिय बजार मूल्य १८.०५ लाख रुपैयाँदेखि लिएर २०.९० लाख रुपैयाँसम्म पर्छ भने यसको अटोमेटिक भेरिएन्टको अन्तर्राष्ट्रिय बजार मूल्य २०.४६ लाख रुपैयाँदेखि २३.२८ लाख रुपैयाँसम्म पर्न आउँछ । (यसमा नेपाल सरकारले लिने भन्सार, कर आदि जोडिएको छैन) ।

नयाँ एक्सएल सिक्समा क्रोमका साथ अपडेटेड ग्रिल, टेल गेटमा एउटा नयाँ क्रोम बार तथा नयाँ १६-इन्च डुअल-टोन अलोय ह्‌विल उपलब्ध हुनेछ । यो एमपीभी कन्ट्रास्टिङ ब्ल्याक रूफका साथ नयाँ ड्युल-टोन कलर अप्सन- सिल्भर, ब्राउन तथा रेडमा खरिद गर्न सकिनेछ ।

फिचर
मारुतीले य‍ो नयाँ एक्सएल सिक्स फेसलिफ्टमा स्टेडर्डका हिसाबले चार एयरब्याग, टप-स्पेक ट्रिम मा ३६०-डिग्री पार्किङ क्यामेरा तथा ७ -इन्चको टचस्क्रिन दिएको छ । यसमा सुजुकी कनेक्टेड कार फिचर्स पनि उपलब्ध हुन्छ । त्यसका अतिरिक्त यसमा स्टेयरिङ ह्‌विलका लागि नयाँ टेलिस्कोपिक एडजस्टमेन्ट, नयाँ एम्बिएन्ट फुटबेल लाइटिङ, नयाँ फ्रन्ट डोर ल्याम्प, फुल-एलईडी हेडल्याम्प, अटोमेटिक एसी, कुल्ड कपहोल्डर्स, नयाँ टायर प्रेसर मनिटरिङ सिस्टम, ईएसपी तथा ह्‌विल होल्ड असिस्टजस्ता फिचर पनि जडान भएको पाइन्छ ।

इन्जिन
यो प्रिमियम मल्टीपर्पज भेइकल (एमपीभी) मा मारुती सुजुकी को नयाँ K१५C १.५ – लिटर डुअल-जेट पेट्रोल इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ११५ एचपीको पावर जेनरेट गर्नेछ जसलाई सिक्स स्पिड अटोमेटिक गियरबक्ससँग कनेक्ट गरिएको छ ।

प्रतिस्पर्धा को सँग ?
मारुतीको यो एमपीभी एक्सएल सिक्स फेसलिफ्ट को प्रतिस्पर्धा Mahindra Marazzo, Kia Carens तथा Ertiga सँग हुनेछ । अपडेटेड एक्सएल सिक्सक‍ो मूल्य यसको आउटगोइङ म‍ोडलभन्दा २.९० लाख रुपैयाँभन्दा बढी पर्न आउँछ ।

प्रतिक्रिया