मनोनयनपत्र दर्ताको आज अन्तिम दिन

नेपालखोज २०७९ वैशाख १२ गते ६:०४

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको अन्तिम दिन हाे । प्रमुख राजनीतिक दलका अधिकांश उम्मेद्वारले मनोनयनपत्र दर्ता गराउँदै छन् ।

पहिलो दिन आइतबार केही मात्रामा मनोनयनपत्र दर्ता गरिएको छ । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

यद्यपि, पहिलो दिन पनि देशका विभिन्न पालिकामा केही राजनीतिक दल र स्वतन्त्रबाट मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रतिक्रिया