‘गठबन्धनको निर्देशनअनुसार मनोननय दर्ता गर्नू’
नेपालखोज
२०७९ वैशाख १२ गते १२:४९

काठमाडाैं । सत्तारुढ गठबन्धनले पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।
बैठकले गठबन्धनको उम्मेद्वारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेद्वार हुने बताए ।
मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेद्वार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए ।
सम्बन्धित

प्रतिक्रिया