कांग्रेसबाट तीन महानगरमा उम्मेदवारी दिने मेयर उम्मेदवार यी हुन्, निवर्तमानदेखि नेताका पत्नीसम्म

काठमाडौं । नेपाली कांग्रेसले ३ महानगरपालिकाहरुमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाबाट सृजना सिंह, ललितपुरबाट चिरिबाबु महर्जन र विराटनगरबाट नागेश कोइराला उम्मेदवार बन्ने टुंगो लागेको हो ।
उम्मेदवारहरुमध्ये सृजना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी टिकट बाँडफाँडमा सिंहको पक्षबाट परेकी हुन् । ललितपुरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन सभापति शेरबहादुर देउवानिकटस्थ हुन् । उनी देउवाको पक्षबाट टिकट पाउन सफल भएका हुन् । तर मगर्जनलाई रामचन्द्रले पौडेलले समेत दोहोरिन् ग्रीन सिंग्नल दिएको बताइएको छ ।
विराटनगरमा उम्मेदवार बनेका नागेश कोइरालाले प्रभावशाली नेताहरुबीचको रस्साकस्सीबीच टिकट पाउने सफलता हासिल गरे । कोइराला परिवार निकट नागेशको केन्द्रीय सदस्य सुजाता कोइरालासँग निकट छन् । उनलाई केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि समर्थन गरेपछि नाम टुंगिएको हो । देउवाले विराटनगरमा भीम पराजुललाई नै उठाउन खोजेका थिए । तर, शेखर कोइरालाले अमृत अर्याललाई उठाउन खोजेका थिए । अन्तमा सुजातासँग निकट मानिएका नागेशले बाजी मारे ।
शेखरले भने पराजुलीलाई कुनै हालतमा टिकट दिनु हुँदैन भन्ने लाइनमा थिए । वर्तमान मेयर पराजुलीको तर्फबाट अन्तिमसम्म कृष्णप्रसाद सिटौलाले लबिङ गरेका थिए । पार्टीमा कमजोर बन्दै गएका सिटौलाको कुरो देउवाले सुनेन् ।

प्रतिक्रिया