सोमबार, असार १६, २०८२

२१ जनामा कोरोना, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख १२ गते १७:१९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ६४२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १९ र १ हजार १३३ जनाको एन्टीजेनबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ७८ हजार ७६२ पुगेको छ ।

नेपालमा संक्रमण निको हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ । गत चौबीस घण्टामा देशभरबाट थप १ लाख २३ हजार २१० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया