नेपालमा सक्रिय संक्रमित जम्मा २६१ जना
नेपालखोज
२०७९ वैशाख १३ गते १५:४९

काठमाडौं । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित जम्मा २६१ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप १८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६१ मा झरेको हो । नेपालमा संक्रमण निको हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४ हजार ६४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार १६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप २ जना गरि कुल १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ८६ हजार १३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया