दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकैदिन ८० हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टाभित्र ८० हजार भन्दा बढीमा कोभिड संक्रमण पुष्टि भएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चौबीस घण्टामा ८० हजार ३६१ जना संक्रमित भेटिएका हुन् । यहाँ पछिल्ला साताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुष्टि भइसकेको समाचारमा उल्लेख गरिएको छ ।
सोमबार मात्र यहाँ कोभिडका संक्रमितको संख्या ८० हजार नाघेको बताइएको छ । तर पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । गत सातासम्म दैनिक १ लाख मानिसमा कोभिडको संक्रमण भएको पाइएको थियो । तर, यो साता भने त्यसमा कमी आएर ३४ हजार जनामा सिमित भएको छ ।
यहाँका संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया