मेडिकल शिक्षाका लागि बर्सेनि ९८ अर्ब रुपैयाँ बाहिरिँदै

नेपालखोज २०७९ वैशाख १३ गते १९:२१

काठमाडौं । मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल चलाएको छ ।

आज चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालय लगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका छन् ।

मेडिकल शिक्षा आर्जनका लागि बर्सेनि ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनु पर्नेमा मन्त्री पौडेलले जोड दिए । देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ ।

मन्त्री पौडेलले कागजमा दक्षजनशक्ति प्रर्याप्त देखिएपनि फिल्डमा नभएको गुनासो गरे । छलफलमा मेडिकल क्षेत्रमा बजेट कमहुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया