चारवटा प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७९ वैशाख १४ गते ६:०८

काठमाडौं । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का पहाडी भू-भागका केही स्थानहरू र गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशको प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया