पूर्वी चीनमा आगलागीमा परि ६ जनाको मृत्यु
नेपालखोज
२०८० भदौ १३ गते २०:२०

काठमाडाैं । पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
ताइझोउ शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बिहान ३ः४० बजे आगलागी भएको जिल्ला सरकारले जनाएको छ ।
प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए तर प्रहरी पुग्दा आगलागी भएको घरमा छ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाएते अवस्थामा र तीन जनाको मृत शरीर घरबाट निकालेका थिए ।
घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । rss
सम्बन्धित
प्रतिक्रिया