मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन आज
नेपालखोज
२०७९ वैशाख १५ गते ६:०८

काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज अन्तिम दिन हो ।
हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका रहेकाे थियो । त्यस्तै, आज साँझ ६ बजे मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेकाे छ ।
त्यसैगरी, आयोगको तालिका अनुसार १६ गते (भोलि)साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।
सम्बन्धित

प्रतिक्रिया