युक्रेन युद्धमा हस्तक्षेप गर्नेलाई तीव्र गतिमा प्रतिक्रिया दिने रुसको चेतावनी

काठमाडाैं । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ‘बिजुलीको गतिमा’ प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।
‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन… आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने । उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ ।
युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो । अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन् ।
पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्याएको बताएका छन् । गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो । बीबीसी

प्रतिक्रिया