आइतबार, पुष ६, २०८२

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस युक्रेनमा

रुस-युक्रेन युद्धको उपाय खोज्दै

नेपालखोज २०७९ वैशाख १५ गते १०:५८

किएभ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।‍‘

उनले युक्रेनमा रहँदा पछिल्ला केही सातायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् । राष्ट्रसंघीय महासचिव गुटनबर्गले युक्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने जनाएका छन् ।

उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया