शनिबार, जेठ ५, २०८१

बसुन्धरामा खुल्यो सीजीको बीसौं सो-रुम, शून्य प्रतिशत किस्ताबन्दीदेखि एक्सचेन्ज अफर

नेपालखोज २०७९ वैशाख १५ गते १२:५८

काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रिमियर मल्टी ब्रान्ड इलेक्ट्रोनिक्स सो-रुम सीजी डिजिटलको नयाँ सो-रुम काठमाडौंको बसुन्धरामा सञ्चालनमा आएको छ । गोदरेज अप्लायन्सका एक्सपर्ट हेड सलाम सिंह र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सो-रुमको उद्घाटन गरेका हुन् ।

सो-रुममा सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु- एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्सेई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको र माइडियालगायत ब्रान्डका सात सयभन्दा बढी घरायसी उपकरणहरु बिक्री वितरण गरिने कम्पनीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीले जनाए ।

आफ्ना उकरणहरुको खरिदमा कम्पनीले विशेष छुट र उपहारहरु प्रदान गर्ने अफर ल्याएको छ । यस्तै फ्री डेलिभरी, लोयल्टी प्रोग्राम, फ्री इन्स्टलेसन, डेमो, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, एक्सचेन्ज अफरलगायतका सुविधाहरु सार्वजनिक गरेको छ ।

बसुन्धरामा बिहीबार खुलेको यो बीसौं सो-रुम हो । कम्पनीले आगामी दिनमा पनि सो-रुम विस्तार गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

No description available.
No description available.No description available.
No description available.
No description available.

प्रतिक्रिया