शनिबार, जेठ ५, २०८१

हुवावेद्वारा AR ह्वाइट पेपर र 5G+AR को फाइदा बारे विस्तृत विवरण जारी

नेपालखोज २०७८ असार ४ गते १६:५०

5G + AR को लागि हुवावेको बेटर वर्ल्ड शिखर सम्मेलनमा हुवावे क्यारीयर बीजी सीएमओ बब् काईले टर्निंग ड्रिम्स इन्टु रीयालिटि शीर्षकमा आफ्ना अमुल्य कुरा राख्नुभएको छ । मन्तव्यमा काईले भन्नुभयो कि 5G ले AR अन गर्दछ र AR ले 5G लाई उज्यालो बनाउँदछ । उहाँले AR इनसाइट एण्ड एप्लिकेसन प्राक्टिस व्हाइट पेपर पनि जारी भएको घोषणा गर्नुभयो जुन उपकरण, एप्लिकेसन र नेटवर्किंगको सन्दर्भमा AR उधोगलाई अन्तरदृष्टि प्रदान गर्दछ । काईले समग्र उधोगलाई समृद्ध 5G+AR इकोसिस्टमको लागि काम गर्न आह्वान गर्नुभयो ।

AR ले नयाँ फ्रन्टियर सिर्जना गर्दछ

हुवावे र तेस्रो–पार्टी डाटाले पूर्व अनुमान गरेको छ कि २०२५ सम्म AI मार्केट ३०० अर्ब अमेरिकी डलर बराबर हुनेछ । “AR ले पहिला पाँच प्राथमिक उधोगहरुः शिक्षा, सोशल नेटवर्किंग, सपिंग, यात्रा र नेभिगेसन, गेमिंगमा व्यापक अडप्सन देख्नेछ“ काईले भन्नुभयो | “AR ले सपनालाई साँचो बनाउन पक्कै पनि भौतिक र डिजिटल संसारको कनभर्जेन्स सक्षम पार्न सक्दछ ।“

AR ले संचार अधिक कुशल बनाउँछ

कार्यक्रममा काईले हुवावेले अपनाएको AR सम्बन्धी केस स्टडि सार्वजनिक गर्नुभएको थियो । कोभिड–१९ को कारणले विश्वभरका ग्राहकहरू हुवावे आउन असमर्थ छन्, त्यसैले हुवावेले आफ्नो अग्रणी प्रोडक्ट र सोलुसनहरू अनलाइन प्रदर्शन गर्न AR को प्रयोग गर्दछ जसले सञ्चारलाई अझ बढी कुशल बनाउँदछ ।हुवावेले 5G बेस स्टेशनको वितरण छिटो प्राप्त गर्न पनि AR को उपयोग गर्दछ जसले वितरण दक्षता वृद्धि गर्दछ ।

AR लाई सरल पार्दै हुवावे

कार्यक्रममा काईले हुवावेले कसरी AR उत्पादन गर्दछ भनेर देखाउनु भयो । हुवावेको एयर फोटोले 2D फोटोलाई डिजिटल 3D मोडलमा रूपान्तरण गर्न अद्वितीय एल्गोरिदम प्रयोग गर्दछ, र AR 3D क्यारेक्टर मोडलिंगलाई सरलीकरण गरेको छ । काईले हुवावे AR इञ्जिन प्रस्तुत गर्नुभयो जुन कम्पनीको मोबाइल उपकरणहरु तर्फ उन्मुख AR विकास प्लेटफार्म हो । हुवावे AR इञ्जिनसँग डेभ्लपरहरूले AR प्रभावहरू सिर्जना गर्न केवल १० लाइनको कोड लेख्नु पर्दछ जसले AR एप्लिकेसन विकासको दक्षतामा ठूलो रुपमा वृद्धि गर्दछ ।

5G + AR इकोसिस्टम बनाउन सम्पूर्ण उधोगले मिलेर काम गर्नुपर्दछ

कार्यक्रममा उच्च प्रोफाइलका धेरै अतिथिहरू उपस्थित भई किनोट मन्तव्य व्यक्त गर्नु भएको थियो, जस्तै हे चेन्जियन, शेन्जेन कम्युनिकेशन ब्यूरोका निर्देशक, डेभिड मैकक्वीन, स्ट्रेटिजी एनालाईटिक्सका कार्यकारी निर्देशक, ह्वांग हे, शेन्जेन टिभी स्टेशनका चीफ प्रोड्यूसर, वी रोङ्जी, रियलमैक्सका सीईओ, हीरोशी फुकुडा, मिलिप सीईओ, लिआंग जिन्हाओ, चीन क्षेत्र का प्रतिनिधि र फु जी, शेन्जेन AR एसोसिएशनका कार्यकारी निर्देशक । वँहाहरूले भर्खरको AR प्रयोगका केसहरू र AR को भविष्यका प्रवृतिको बारेमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो ।

हे चेन्जियनका अनुसार शेन्जेन पूर्ण SA 5G कभरेज भएको संसार कै पहिलो शहर हो । AR ले प्रतिनिधित्व गरेको आईसीटी सेवाहरू औद्योगिक उत्पादन, ई–कर्मस, रीयल स्टेट, होम डेकोर, संस्कृति, खेल, पर्यटन, स्वास्थ्य सेवा र शिक्षा सहित उद्योगहरूमा सम्भाव्य रूपमा अपनाउन सकिन्छ । AR एप्लिकेसनहरू डिजिटल रूपान्तरणको लागि एक प्रमुख इञ्जिन बनेका छन् र यसले गहन रूपमा उत्पादन विधि र हाम्रो बाँच्ने तरिकाहरू परिवर्तन गर्दछं ।

आफ्नो मन्तव्यको अन्त्यमा काईले भन्नुभयो, “यदि तपाईं छिटो जान चाहनुहुन्छ भने एक्लै हिंड्नुहोस्, यदि तपाईं टाढासम्म जान चाहनुहुन्छ भने सँगै हिंड्नुहोस् । AR को विकास गर्न समग्र उद्योग मिलेर काम गर्न र समृद्ध 5G+AR भ्यालु चेन सिर्जना गर्न आवश्यक छ । AR र 5G उचित समयमा मिल्दै छन् । 5G ले AR अन गर्दछ र AR ले 5G लाई उज्यालो बनाउँदछ ”।

प्रतिक्रिया