सोमबार, असार १६, २०८२

१५ जनामा कोरोना, १८ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख १५ गते १६:४३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ८८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १५ जना र ९९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल २४९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भइ थप १८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५९३ पुगेको छ । कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप १ लाख २ हजार ५४३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया