गठबन्धनलाई ओलीले दिए लुतोको संज्ञा, भने- वैशाख ३० गते लुतो भगाउँछु

नेपालखोज २०७९ वैशाख १५ गते २०:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बतए । अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्‍याए । उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए । उनले नोपली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताए । उनले नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए ।

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली कांंग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली कांग्रेसले गर्न नदिएको बताए ।

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए । उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताए । अध्यक्ष ओलीले कांग्रेसले जे भन्छ त्यही मान्ने भएकोले नेकपा एस नाम रहेको आरोप लगाए । उनले अहिले देशको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा रहेको समेत बताए ।

प्रतिक्रिया