आईपीएलमा दिल्लीको चौथो जित
नेपालखोज
२०७९ वैशाख १६ गते ६:५९

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले चौथो जित दर्ता गरेको छ । गयराति भएको खेलमा कोलकता नाइटराईडर्समाथि ४ विकेटको जित दर्ता गर्दै तालिकको छैटौं स्थानमा उक्लिएको हाे । कोलकताले दिएको १४७ रनको लक्ष्य दिल्लीले अन्तिम ओभरको खेल बाँकी हुँदै ६ विकेट गुमाएर पुरा गरेको थियो ।
दिल्लीलाई जिताउनका लागि डेभिड वार्नरले ४२ रन बनाउँदा रोभमान पावेलले नटआउट ३३ रन जोड्दा ललित यादवले २२ रनको पारि खेलेका थिए । ,यसैगरी अक्षर पटेल २४ रनमा रनआउट भए । उमेश यादेवले ३ विकेट लिए ।
सम्बन्धित

प्रतिक्रिया