मातातीर्थ अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरी विभिन्न डिस्काउन्ट

नेपालखोज २०७९ वैशाख १६ गते ११:५५

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।

आफ्ना सन्तानको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स-साना खुसीहरुको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो ।

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहररुले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ। आमाहरूको मुहारमा मुस्कान ल्याउनको लागि बिजबजार मार्फत उपहारहरू खरिद गरी गज्जबको छुटलाई सदुपयोग गरी खुसीका साथ मातातीर्थ औँसी मनाउनुहोस् ।

प्रतिक्रिया