शनिबार, जेठ ५, २०८१

काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

नेपालखोज २०७९ वैशाख १६ गते ११:४६

काठमाडौं, उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । अर्थात “क्यू आर स्क्यान, पे फाईन एण्ड विथ ड्र डकुमेण्ट सुविधाको थालनी भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैक लिमिटेडबिच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीचयो सेवा शुभारम्भ गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यताको विस्थापित भएको छ ।

कार्यक्रममा बोल्नुहुदैँ कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपरसेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्यू आर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरीसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

उनले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे ।

कुमारी बैङ्कका डिजिटल बैैकिङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको व्यक्त गर्नुहुदैँ यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमाअझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

कसरी लिने त यो सेवा ?

यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नं. ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टमबाट क्यूआर कोड जेनेरेट गरि मनिटरमा डिस प्ले गरिन्छ र उक्त क्यूआर कोडडिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यसअघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था सुरू गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैङ्कका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया