एभरेष्ट बैंकको सन्देशमुलक भिडियो
काठमाडौं । नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।
दसैँ आएलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । साथै टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् ।
अहिलेको यस्तो परिस्थितिमा भिडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ प्रयोग गरी सबै पिढिलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ ।
सो भिडिया एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा गई हेर्न सकिने छ । स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया