शनिबार, जेठ ५, २०८१

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

नेपालखोज २०७९ वैशाख १६ गते २१:०१

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया