देशमा स्थानिय वायुको प्रभाव, पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा

नेपालखोज २०७९ वैशाख १७ गते ६:५१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ भने, देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षा भईरहेको छ।

त्यस्तै, आज राती प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ भने प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र देशका अन्य भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, भोलि दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्ममती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया