आइतबार, पुष ६, २०८२

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट : पछिल्लो समय ५० बढीको ज्यान गयो

नेपालखोज २०७९ वैशाख १७ गते ९:५७

काबुल । काबुलको एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा अफगानिस्तानमा कैयौँ विस्फोट भएका छन् । विस्फोटका कारण अहिलेसम्म सयौं सर्वसाधारणको मृत्यु भएको छ ।

काबुलका मस्जिदका प्रमुखले शुक्रबार दिउँसो नमाजपछि भएको बम विष्फोटमा कम्तीमा ५० जनाको ज्यान गएको बताएका छन् । तर, तालिबान अधिकारीहरूले भने मारिनेको संख्या निकै कम रहेको बताएका छन् ।अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता बसमुल्लाह हबिबका अनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

मस्जिदका प्रमुखका अनुसार यो आत्मघाती हमला भएको देखिन्छ । आक्रमणकारी नमाज पढ्नेहरूका बीचमा लुकेका थिए । यो हमला प्रार्थनापछि भएको थियो । गत हप्ता कुन्दुज प्रान्तमा यस्तै विस्फोटमा बालबालिकासहित ३३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया