प्रतिकुल मौसम : विहानैदेखि काठमाडौंका उडान र अवतरण प्रभावित
नेपालखोज
२०७९ वैशाख १७ गते १०:१३

काठमाडौं । काठमाडौंको मौसम आज (शनिबार)प्रतिकुल भएको छ । बिहानैदखि आकाशमा बादल लाग्नुका साथै पानी परिरहेको छ । काठमाडौंमा दिउँसो पख मौसम बद्ली हुने सम्भावना रहेको जनाइएको छ ।
काठमाडौंमा वर्षाका कारण चिसोको पनि महसुस भएको छ । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि काठमाडौंका उडान र अवतरण प्रभावित भएका छन् ।
भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलले जनाएको छ । तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट गरिएको पनि बिमानस्थलले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया