दार्चुला-टिंकर सडक निर्माणमा नेपाली सेनाको सक्रियता ( फाेटाे फिचर)
नेपालखोज
२०७९ वैशाख १७ गते १४:०७
काठमाडौं । नेपाली सेनाले दार्चुला–टिंकर सडक (कोठेधार–टिंकर खण्ड) को ७५ कि.मी. सडक निर्माण कार्यको जिम्मेवारी पूरा गरे्को छ । २०७७ बैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सेनालाई उक्त सडक निर्माण गर्ने जिम्मा दिइएको थियो ।


२०७७ बैशाख २८ गतेदेखि सो स्थानमा नेपाली सेना परिचालन भई आव ०७७/७८ मा सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको जनाइएको छ ।

सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा–तुषारपानी (३ कि.मी) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्डमध्ये गल्थैदेखि तुषारपानी खोलासम्म १.५ कि.मी. ट्रयाक सडक विभागबाट पुनः खोलिएको थियो । दार्चुला–टिंकर सडक निर्माणको काम अझै जारी छ ।



सम्बन्धित

प्रतिक्रिया