बैजनीले सिँगारियो काठमाडौं (फोटो फिचर)

पार्वती भण्डारी २०७९ वैशाख १८ गते ११:०९


काठमाडौं । आयुर्वेद र विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको बेगनबेली अर्थात् ज्याकारान्डाको फूलले आजभोलि काठमाडौंका मुख्य सडक तथा गल्ली रंगिन भएका छन् ।

काठमाडौंका विभिन्न ठाउँ तथा सडक किनार भने बैजनी रङमा ढक्कमक्क फूलेका शिरीषका फूलले सजिएका हुन् ।

कमलपोखरी, जमल, घण्टाघर, सहिद गेट, दरबारमार्ग, रत्नपार्क, बानेश्वर, टुँडिखेललगायत केही ठाउँमा ढकमक्क फूलेको शिरीषको फूलले जो कोहीको मन लोभ्याउने गरेको छ ।

काठमाडौंका खुला स्थान, पार्क तथा सडकमा पुगेर खिचिएका प्रतिनिधि तस्बिरहरु हेरौं :

प्रतिक्रिया