स्थानीय, बंगाल र पश्चिमी वायुको प्रभाव, सातवटै प्रदेशमा वर्षाकाे सम्भावना

नेपालखोज २०७९ वैशाख १८ गते ६:३१

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । प्रदेश १,  मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया