छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता हुँदै

काठमाडाैं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरु हुनेछन् । पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल १० बजे शुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लव र गल्कोट स्पोर्ट्स क्लवबीच खेल हुनेछ ।
यो खेल १२ बजे शुरु हुनेछ । त्यस्तै तेस्रो खेलमा त्रिभूवन आर्मी क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल २ बजे सुरू हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ क्लव, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लव र ढोरपाटन क्लव रहेको छ ।
महिलातर्फ त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ क्लव, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५÷३५ हजार रुपैयाँ पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया