एआईजी पोखरेललाई प्रहरी र अर्याललाई सशस्त्रको प्रमुखमा बढुवा गर्न गृहको प्रस्ताव
नेपालखोज
२०७९ वैशाख १८ गते १३:१७
काठमाडौँ- गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठक भने जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् । सशस्त्र प्रहरी बलमा वरियताको आधारमा राजु अर्याललाई आईजीपी बनाउन सिफारिस गरेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया