शुक्रबार, असोज ४, २०८१

क्याम्प छाड्ने खेलाडीलाई एएफसी क्वालिफायरको टिममा राख्दिनँ : अब्दुल्लाह

नेपालखोज २०७९ वैशाख १८ गते १५:०९

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पछिल्लो समय फुटबलमा देखिएको विवाद समाधानका लागि पहल थालेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाहका कारण खेलाडीहरुले क्याम्प छाडेको कुरा सार्वजनिक भए पनि उनले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

उनले आज विवाद समाधानका लागि एन्फालाई पत्र पठाउँदै खेलाडीहरुलाई माफी दिएको र उनीहरुलाई कुनै पनि कारबाही नगर्न आग्रह गरेका छन् । उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् ।

पत्रमा खेलाडीहरुले खबर नै नगरी क्याम्प छाडेको उल्लेख गर्दै त्यो घटनाबाट आफूलाई दुःख लागेको पनि उल्लेख गरेका छन् । मुख्य प्रशिक्षकको रुपमा आफूलाई राष्ट्रिय टोली बनाउने अधिकार रहेको बताउँदै क्याम्प छाडेका खेलाडीहरुलाई एएफसी क्वालिफायरको टिममा नराख्ने प्रष्ट पार्दै जस्तो नतिजा आए पनि त्यसको जिम्मेवार आफू हुने पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया