वर्षाका कारण नेपाल-जिम्बावेबीचको खेल रोकियो
नेपालखोज
२०७९ वैशाख १९ गते १४:०४

काठमाडौं । कीर्तिपुर मैदानमा बर्षाका कारण खेल रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए टिमको स्कोर चार ओभर दुई बलमा दुई विकेटको क्षतीमा ४७ रन हुँदा बर्षा भएपछि खेल रोकिएको छ ।
जिम्बावेले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो । उसका ओपनर इनोरेन्ट केइया खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावे ए टिमको स्कोर ४७ रन हुँदा दोस्रो विकेट झरेको थियो । उसका मरुमानी २१ रनमा आउट भए । उनले ११ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

बलिङमा सोमपाल कामी र करण केसीले एक एक विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया