नेपाल-जिम्बावेबीचको खेल अब १८ ओभरको हुने, फेरि वर्षा बाधक
नेपालखोज
२०७९ वैशाख १९ गते १४:४२

काठमाडौं । वर्षाका कारण केहि समय रोकिएको खेल फेरि सुरु भएको छ । तर वर्षाले रोकिएको खेल अब १८ ओभरको हुने भएको छ ।
पहिलो खेलमा ६ विकेटको हार ब्यहोरेको नेपालले आजपनि केहि दबाबमा रहेको छ । जिम्बावेले बर्षा पर्नु अगाडी चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाएको छ । जसका कारण खेलमा २ ओभर घटाइएको छ ।
बर्षा अगाडी जिम्बावेले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो । उसका ओपनर इनोरेन्ट केइया खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावे ए टिमको स्कोर ४७ रन हुँदा दोस्रो विकेट झरेको थियो । उसका मरुमानी २१ रनमा आउट भए । उनले ११ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।
बलिङमा सोमपाल कामी र करण केसीले एक एक विकेट लिए । पहिलो पटक बर्षाहुँदा खेल १८ ओभरमा झारीएर सुचारु हुने तयारी भएपनि फेरी पानी परेपछि खेल रोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया