बिहीबार, जेठ २, २०८२

राष्ट्रिय फुटबल टिमको क्याम्प छोडेका १० खेलाडीको एन्फालाई पत्र

नेपालखोज २०७९ वैशाख १९ गते २१:३६

काठमाडौं । आसन्न एसियन कप छनोटका तयारीमा जुटेको नेपाली राष्ट्रिय फुटबल टिमको क्याम्प छोडेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र बुझाएका छन । एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको पत्रमा उनीहरुले क्याम्प छोड्नुको कारणसहित पत्र बुझाएका हुन।

खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाहले क्याम्प छोड्न निर्देशन दिएको त्यसमा पनि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा आफुहरुविरुद्ध नै अनावश्यक प्रतिक्रिया दिएकाले झन दुखी भएको बताएका छन् । आफूहरुले क्याम्प छोड्ने बारेमा टिमलाई जानकारी दएको र खेलाडीले सधै टिमलाई आफ्ना परिवार, ब्यक्तिगत समय र ब्यावसायिक जिम्मेवारीलाई थाँती राख्दै लागेको समेत बताएका छन् ।

अघिल्लो साताको बुधबार प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको व्यवहारप्रति प्रश्न उठाउँदै सिनियर १० खेलाडीले प्रशिक्षण क्याम्प छाडेका थिए ।सोही घटनामा आफ्नो धारणा राखिसकेको खेलाडी संघले सोमबार वक्तव्यमार्फत अनुसन्धानको माग गरेको हो । साथै उनीहरुले आफुहरुले खेलाडीका लागि जायज माग राखेको र त्यसमा उल्टो आफै मारमा परेको बताएका छन । यो घटनाकाे उचित रुपमा एन्फाले कदम चाल्नेमा विश्वास खेलाडीले लिएका छन ।

खेलाडीहरुमाथि सार्वजनिक रुपमा झूठो आरोप लगाएर मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरु खेलाडीमात्र नभएर समग्र फुटबल विकासका बाधक भएको संघका नवनियुक्त अध्यक्ष विक्रम लामाले जारी गरेको वक्तव्यमा भनिएको छ । उनले भने, ‘एन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारबाही गरोस भन्ने हामीले माग राखेका छौं ।’

प्रतिक्रिया